logo

म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढ्यो

    1238   पटक पढिएको

२९ माघ/ अर्थ र व्यापार - प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले यसअघि कायम रहेको धरौटी रकम बढाउने गरी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पारित गरेको छ । म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढेको छ ।

समितिबाट पारित प्रतिवेदनसहितको विधेयक अब प्रतिनिधि सभामा पेस हुनेछ । संघीय संसद्का दुबै सदनबाट सोही प्रतिवेदन अनुसार विधेयक पारित भएमा वार्षिक एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज समेत हुनेछन् । समितिले सरकारले पेस गरेको मूल विधेयकमा कामदार पठाउने अनुपात भने हेरफेर गरेको छ । धरौटी र बैंक ग्यारेन्टी भने सरकारको प्रस्ताव अनुसार नै यथावत राखेको छ ।

कामदारको अनुपातमा धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था समितिले गरेको छ । पारित प्रतिवेदन अनुसार अब वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने गरी कम्पनी स्थापनाका लागि निवेदन दिएमा त्यस्तो कम्पनीले ५० लाख रुपैयाँ धरौटी राख्नु पर्नेछ । भने, यस्ता कम्पनीले एक करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राख्नु पर्नेछ । यस्तै, तीन हजारभन्दा बढी र पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीको हकमा एक करोड धरौटी र दुई करोड बैंक ग्यारेन्टी राख्नु पर्नेछ । वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले धरौटी रकम दुई करोड रुपैयँ राख्नु पर्नेछ । यस्ता कम्पनीको बैंक ग्यारेन्टी चार करोड तोकिएको छ ।

सरकारले भने कामदार पठाउने अनुपातलाई दुई क्याटेगोरीमा मात्र विभाजन गरेको थियो। वार्षिक पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाको हकमा धरौटी एक करोड रूपैयाँ र दुई करोड बैंक ग्यारेन्टी सरकारले प्रस्ताव गरेको थियो । यस्तै वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीको हकमा धरौटी दुई करोड र बैंक ग्यारेन्टी चार करोड रूपैयाँ प्रस्ताव गरिएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्था परिमार्जनका लागि सांसद्हरुले सशोधन समेत दर्ता गरेका थिए । कांग्रेस सासद् प्रकाश रसाइली संघीय समाजवादी फोरमका प्रदीप यादवले हाल कामय रहेकै धरौटी कायम राख्न संशोधन दर्ता गरेका थिए ।

हाल धरौटी सात लाख र बैंक ग्यारेन्टी २३ लाख रुपैयाँ छ । दुबै प्रस्ताव समितिले अस्वीकार गरेको हो। रकम बढाएमा धरौटी रकम जम्मा गर्नका लागि एक वर्षको समयसीमा दिनुपर्ने संशोधन प्रस्ताव पनि समितिले अस्वीकार गरेको छ । विधेयक अनुसार हाल इजाजत प्राप्त गरेको संस्थाले ऐन जारी भएको ६ महिनाभित्र धरौटी रकम जम्मा गर्नुपर्नेछ । बैंक ग्यारेन्टी पनि सोही अवधिमा दाखिला गरिसक्नु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।