५ भदौ / अर्थ र व्यापार – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । महुलीले नेप्सेमा कारोबारका लागि ‘एमएसएलबी’ संकेत पाएको छ । घनेप्सेले महुलीको पहिलो कारोबारका लागि ५४२ देखि १ हजार ६२६ रुपैयाँ ओपन रेन्ज दिएको छ । जसअनुसार महुलीको पहिलो कारोबार ५४२ देखि १ हजार ६२६ रुपैयाँको बिचमा हुनेछ ।
महुलीले गत वैशाखमा एक लाख २० हजार कित्ता आइपिओ बिक्री गरेको थियो । लघुवित्तले गत साता चार लाख कित्ता सेयर नेप्सेमा सुचिकृत गराएको थियो । चार करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले गत बैशाखमा एक लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
जगेडा कोषमा १३ करोड ८४ लाख रूपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा चार करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १०७. ९२ पैसा कायम गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।
तपाईको प्रतिक्रिया