logo

महुली र नवकिरण लघुवित्तले गरे मर्जर सम्झौता

    967   पटक पढिएको

८ माघ / अर्थ र व्यापार - महुली र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका अध्यक्ष मोहनहरि आचार्यले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

१००ः९५ को स्वापमा यी दुई संस्था मर्ज हुन् लागेका हुन् । मर्जरपछि आगामी बैशाख महिनाभित्र एकिकृत कारोबार गर्ने लक्ष्य संस्थाले जनाएको छ । डिडिए रिपोर्टमा १० प्रतिशत भन्दा तल माथि भए स्वाप रेसियो परिमार्जन गर्न सकिने उल्लेख छ ।

गाभिएपछि बन्ने संस्थाको नाम, महुली लघुवित्त वित्तीय संस्था राखिने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ०६– महुली सप्तरीमै रहने जनाइएको छ । दुवै संस्थाबाट ४/४ गरी ८ सदस्यीय मर्जर कमिटि गठन भएको छ । मर्जर पश्चात बन्ने संस्थाको सीइओमा हालको महुली कै सीईओले निरन्तरता पाउने छन् ।

हाल नवकिरण लघुवित्तको केन्द्रीय कार्यालय रहेको काभ्रेको धुलिखेलस्थित कार्यालयलाई भने बागमती प्रदेश कार्यालय बनाइने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।