logo

संयुक्त राष्ट्र संघद्वारा महिला सहयात्रा माइक्रोफाइनान्सलाई १ लाख डलरसहित सम्मान

    1464   पटक पढिएको

७ चैत्र /अर्थ र व्यापार - संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ । संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्थासम्बन्धी ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’ द्वारा सम्मान गरेको हो ।

बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले गएको ३ वर्षयता महिला सशक्तिकरणको क्षेत्रमा विश्वमा निजी क्षेत्रहरुले खेल्दै आएको योगदानको मूल्यांकन गरेर आफ्नो संस्थाले सो पुरस्कार प्राप्त गरेको पनि जानकारी दिइन् ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमासमेत लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरी महिलाहरुको सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रामीण क्षेत्रका महिलाहरुमा उद्यम विकास र बजारीकरणसम्बन्धी आवश्यक ज्ञान तथा सीप र त्यसका लागि आवश्यक लगानीको समेत व्यवस्था गरेपछि संयुक्त राष्ट्र संघले आफ्नो संस्थालाई सम्मान गरेको पनि स्पष्ट पारिन् । ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको यस संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सीप विकास र तालिम तथा बजारीकरणमा उदाहरणीय काम गर्दै आएको बताइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।