logo

महिला सहयात्रा माइक्रोफाइनान्सद्वारा १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन

    1001   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार  - महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा २३९.९० प्रतिशतले बढेको हो । गत वर्ष  दोस्रो त्रैमासमा माइक्रोफाइनान्सको खुद नाफा ३६ लाख ९१ हजार रुपैयाँ थियो । माइक्रोफाइनान्सको सञ्चालन नाफा आम्दानी र ब्याज आम्दानीमा सुधार हुँदा नाफा बढोत्तरी भएको देखिन्छ । 

चुक्ता पूँजी स्थिर रहेको माइक्रोफाइनान्सले नाफा वृद्धिमा फड्को मार्दा प्रतिशेयर आम्दानी २० रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा थियो । माइक्रोफाइनन्सले निक्षेप संकलन २७१ प्रतिशत र कर्जा परिचालनलाई ७०.९५ प्रतिशतले बढोत्तरी गरेको छ । पुस मसान्तसम्ममा २३ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तिय संस्था मार्फत ६५ करोड ७३ लाख रुपैयाँ सापटी लिएर एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा तीन करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४१.२३ प्रतिशले बढेको हो । गत वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषको आकार २०.४५ प्रतिशतले सुधार भई दुई करोड ३१ लाख रुपैयाँ सञ्चित भएको छ ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपातमा सुधार आउँदा २.३३ प्रतिशतमा झरेको छ । प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ रहेको माईक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात २६.९० गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।