logo

महालक्ष्मी लाइफको सामुहिक म्यादी जीवन बीमा योजना सार्वजनिक, एउटै बीमालेखबाट सवैलाई समेट्ने

    1694   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा सामुहिक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थप घट गर्न सकिने सुविधा रहेको जनाएको छ ।

साथै यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवस समूहका सदस्यको बीमित दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत वा ५० हजार रुपैयाँ जुन कम हुन्छ सो रकम थप प्रदान गरिनुका साथै बीमा अवधि भित्र समूहका सदस्य बीमितको दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बीमाङ्कको अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने र पूर्ण अपाङ्गरअशक्त भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ।

न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्ग बाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने विश्वास कम्पनीले लिईएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।