१६ जेठ /अर्थ र व्यापार - लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देश भर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरू तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ ।
सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेको हो ।
तपाईको प्रतिक्रिया