१९ चैत्र /अर्थ र व्यापार - एनआइसी एसिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले आफ्ना २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र महालक्ष्मीका कार्यकारी प्रमुख रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया