६ माघ/अर्थ र व्यापार– महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
बैंकले हाल कायम भएको संस्थापक शेयरको शेयर अनुपात ५२.४९ र सर्वसाधारण समूहको ४७.५१ रहेकोमा ५१ः४९ कायम गर्ने तयारी गरेको हो ।
संस्थापक समूहमा रहेका शेयरधनीले शेयरहरु अर्को कुनै समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्ने छ ।
त्यसैगरी, आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न नचाहनेले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा विवरण पेश गर्नुपर्नेछ ।
साथै, शेयर अभौतिकीरण नगरेका शेयरधनीलाई यथाशिघ्र आफ्नो शेयर अभौतिकीकरण गर्न पनि बैंकले सुचना जारी गरेको छ ।
तपाईको प्रतिक्रिया