१८ असार / अर्थ र व्यापार – यती डेभलपमेन्ट बैंकलाई गाभेर बनेको महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षमा एक अर्ब संचालन मुनाफा आर्जन गर्ने छ । विभिन्न चरणमा गरी अहिलेसम्म सात वटा संस्था गाँभिएर आज महालक्ष्मी विकास बैंक चुक्तापूँजी, ग्राहक र नेटवर्कको आधारमा सबैभन्दा ठुलो विकास बैंक बनेको छ । यो बर्ष बैंकको एक अर्ब संचालन मुनाफा कमाउने लक्ष्य छ ।
मर्जरपछि बैंकको पूँजी दुई अर्ब ६३ करोड, निक्षेप २४ अर्ब र ऋण लगानी २० अर्ब, शाखा सञ्जाल ६५ पुगेको छ भने ग्राहक संख्या तीन लाख ६४ हजार पुगेको छ । सोही कार्यक्रममो विकास बैंकहरुले पनि सरकारी कारोबार, स्थानीय तहको खाता संचालन, एलसी खोल्ने, रेमिटेन्सको कारोबार समेत गर्न पाउनुपर्ने पहल पनि भयो ।
वाणिज्य बैंक र विकास बैंकहरुको स्प्रेडदर समान हुनुपर्छ । विकास बैंकहरुको आम्दानीको तुलनामा संचालन लागत धेरै हुने हुँदा वाणिज्य बैंक र विकास बैंकको स्प्रेडदर समान हुने नहुने होे । आगामी मौद्रिक नीतिबाट लगानी योग्य रकमको कमी हुन नदिन राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउनु पर्नेछ ।
तपाईको प्रतिक्रिया