logo

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन

    1498   पटक पढिएको

७ जेठ /अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले शताव्दी पुरुष सत्यमोहन जोशीलाई २५औ वार्षिकोत्सवका अवसरमा अभिनन्दन गरेको छ । बैंकले २४ वर्ष पुरा गरेर २५औं बर्ष प्रवेशको अवसरमा एक लाख नगद सहित मंगलबार शताव्दी पुरुष जोशीलाई सम्मान गरेको हो ।

बैंकले रजत जयन्ती मनाउने क्रममा ऐतिहासिक व्यक्तित्वलाई सम्मान गरिएको बैंककका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । बैंकले २५औं बर्ष पुरा गरेको अवसरमा जोशीलाई पाटनमै गएर अभिनन्दन गरिने बैंकका संञ्चालक अध्यक्ष राजेश उपाध्यायले घोषणा गरे । 

बैंकले बार्षिकोत्सको अवसरमा मंगलबार बिहान प्रभातफेरी आयोजना गरेको थियो । बैंकले उपत्यका भित्रका १८ वटा शाखा कार्यलयका कर्मचारी सहित दरवारमार्गत, शहिदगेट, न्युरोड, बसन्तपुर हुँदै पुनः दरवारमार्गमा आएर टुङ्गाएको थियो । यसै अवसरमा बैंकले दरवारमार्गको महानगरीय प्रहरी बृत्तमा ६० वटा फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको थियो । बैंकले उपत्यका बाहिरका मुख्य कार्यालयहरु वीरगञ्ज, हेटौडा, भैरहवा लगायतका शाखा कार्यालयहरुमा साधारण स्वास्थ परिक्षण, अनाथालयमा सहयोग लगायतका कार्यक्रम गरेर मनाएको छ ।  

बैंकले २५ बर्षको अवधिमा १०२ वटा शाखा कार्यलय तथा ८०० भन्दा धेरै कर्मचारीहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको लामिछानेले जानकारि दिए । अभिन्दनको क्रममा जोशीले महालक्ष्मीलाई शक्तिको रुपमा व्याख्या गर्दै आफ्नो शक्ति देश र जनताको सेवामा सपर्पित गर्न आग्रह गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।