१९ जेठ /अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकको काठमाडौंको शंखमुलमा र ललितपुरको झम्सिखेलमा नयाँ शाखा विस्तार भएको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप शाखा विस्तार गरेको बैंकले जनाएको छ । त्यसैगरी काठमाडौँ महानगरपालिकास्थित शंखमुलमा पनि नयाँ शाखा विस्तार गरेको छ ।
यी दुइ शाखा विस्तारसँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।
तपाईको प्रतिक्रिया