५ चैत्र/ अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा चैत्र ४ गते काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया