१३ बैशाख / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहूँलाई १ सय थान फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । समाजमा अपराध तथा सवारी दुर्घटना बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अपराध नियन्त्रण र सवारी दुर्घटना रोकथामका लागि सहज होस् भन्ने मनसायले उक्त ज्याकेट प्रदान गरिएको शाखाले बताएको छ ।
जनताको सुरक्षाका लागी अहोरात्र खट्ने प्रहरीलाई सजिलै देख्न सक्ने र सम्भावित दुर्घटनालाई कम गर्नेछ भन्ने अपेक्षा राखेर ज्याकेट प्रदान गरिएको दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले बताए । ५८ हजार रुपैयाँ बरावरका १०० थान फ्लोरेसेन्ट ज्याकेट प्रबन्धक सुदिप न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गरे ।
उक्त अवसरमा प्रहरी उपरिक्षक अरुण पौडेलले बैंकको यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्य गर्न थप टेवा पुग्ने बताए । उक्त अवसरमा जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख डोलेन्द्र बहादर हमालले बैंकको यो कार्यले रातमा पनि सवारी साधनहरुको चेकजाँच गर्न अझ सहज हुने बताए ।
तपाईको प्रतिक्रिया