logo

महालक्ष्मी बैंक दमौली शाखाद्वारा विद्यालयलाई सहयोग

    1215   पटक पढिएको

३० पौष / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक दमौली शाखाले व्यास नगरपालिका वडा नं १० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । बैैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई एक हजार लिटरको खानेपानी ट्यांकी, ८ वटा जग र ५ वटा डस्टविन हस्तान्तरण गरेको शाखाका प्रबन्धक सुदीप न्यौपानेले वताए ।

विद्यालयमा शुद्ध खानेपानीको अभावलाई मध्यनजर गर्दै ट्यांकी हस्तान्तरण गरेको न्यौपानेले बताए । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यालयका प्रअ रामचन्द्र न्यौपाने लाई हस्तान्तरण गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे । त्यस्तै वडा नं १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले बैंकले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए । सहयोग सामग्री प्रति आभार व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाले आगामी दिनमा अझै बढी सहयोगको अपेक्षा गरेको बताए । 

आगामी दिनमा बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक वातावरणलाई मद्दत पुग्ने खालका वर्षमा २ वटा कार्यक्रम शाखाका प्रबन्धक न्यौपानेले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।