२६ कार्तिक /अर्थ र व्यापार - काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले आउदो चार बर्षका लागि उनलाई सीईओ बनाएको हो । बैंकिङ क्षेत्रमा लामो समय बिताएका लामिछाने कैलाश विकास बैंकमा दुई कार्यकाल सीईओ भइसकेका छन् ।
सीईओ लामिछानेले आइतबारदेखि नै कार्यभार सम्हाल्ने बताए । ब्यवस्थापनमा स्नातकोत्तर अध्यान पुरा गर्नूका साथै कानुनमा स्नातक छन् । उनी विकास बैंक संघका पूर्वअध्यक्षसमेत हुन् । रमेशकुमार भट्टराईले सीईओ छाडेपछि लामिछाने नियुक्त भएका हुन् ।
तपाईको प्रतिक्रिया