२२ जेठ / अर्थ र व्यापार-महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन स्वीकृतिको प्रक्रियामा रहेको क्रममा माथिल्लो पदमा बीमा क्षेत्रमा अनुभवी दुई जनालाई नियुक्त गरेको हो ।
बीमा बिषयमा विद्यावारिधि गरेका प्राध्यापक डा. रबिन्द्र घिमिरेलाई बिशेषज्ञ सञ्चालकमा रुपमा कम्पनीको सञ्चालक समितिले नयुक्त गरेको छ । घिमिरे बीमा समितिको अध्यक्षमा प्रत्यासीसमेत थिए ।
त्यसैगरी बीमा क्षेत्रमा अनुभवी प्रकाश खनाललाई सल्लाहकारका रुपमा नियुक्त गरेको छ । अर्थमन्त्रालयबाट सैद्धान्ति स्वीकृति पाएका १० बीमा कम्पनीमध्ये महालक्ष्मी इन्स्योरेन्समा महालक्ष्मी डेभलपमेन्ट बैंकको मूख्य लगानी छ ।
तपाईको प्रतिक्रिया