२ माघ/ अर्थ र व्यापार - माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण गरेको छ । बैंकको पुस २० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
शेयर डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई बैंकले उनीहरुकै बैंक खातामा नगद लाभांश पठाएको जनाएको छ । हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी सदस्यहरुलाई यस बैंकको कुनैपनि शाखामा गएर डिम्याट खाता खोल्न बैंकले अनुरोध गरेको छ ।
बैंकले यसअघिका वर्षहरुमा वितरण गरिएको लाभांश लिन बाँकी रहेको शेयरधनीहरुलाई बैंकको शेयर शाखा पुतलीसडकमा सम्पर्क गरि उक्त लाभांश बुझिलिन सूचित गरेको छ ।
तपाईको प्रतिक्रिया