६ मंसिर / अर्थ र व्यापार- माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । प्रतिशत आम्दानी १५.८१ रुपैयाँ रहेको बैंकले १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले ८६ वटा शाखा कार्यालय,दुई वटा एक्सटेन्सन काउन्टर, ३८ वटा शाखा रहित बैंकिङ सेवा र १०५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया