logo

माछापुच्छ्रे बैंक निक्षेप संकलनमा आक्रामक, शाखा बिस्तारले खर्च बढ्यो, नाफा ८२ करोड नाघ्यो

    1225   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंक पहिलो ६ महिनामा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। शाखा विस्तारसँगै बैंकले निक्षेप संकलन र ब्यापार विस्तारमा आक्रामक रणनीति लिएको देखिन्छ।

बैंकले पूर्वाधार तथा शाखा विस्तारमा लगानी बढाएका कारण खर्च बढेको छ। यही कारण ब्यापार विस्तारको अनुपातमा नाफा भने बढ्न सकेको छैन।

बैंकले पहिलो ६ महिनामा नाफा ५ प्रतिशतले बढाएर ८२ करोड १८ लाख रूपैयाँ गरेको छ। कात्तिकदेखि पुस मसान्तसम्म नाफा ४४ करोड ५८ लाख रूपैयाँ छ।

बैंकले असारदेखि पुस मसान्तसम्म निक्षेप १२ अर्ब ३२ करोडले बढाएको छ भने ऋण पनि १२ अर्ब २४ करोड रूपैयाँले बढाएको छ। कत्तिकदेखि पुसमा भने बैंक ऋण विस्तारमा केही सुस्त देखिएको छ। दोस्रो त्रैमासमा बैंकले जम्मा ३ अर्ब ९१ करोड रूपैयाँ मात्र ऋण बढाएको छ। जबकी निक्षेप ६ अर्ब २५ करोडले बढाएको छ।

बैंकसँग अहिले कुल निक्षेप ९७ अर्ब ५२ करोड पुगेको छ भने ऋण लगानी ८७ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ। बैंकको खराब ऋण स्थिर देखिन्छ भने आधार दर पनि १०.९९ प्रतिशतबाट १०.२६ प्रतिशतमा झारेको छ। तर स्प्रेड भने ४.०८ प्रतिशतबाट ५.२४ प्रतिशतमा उक्लिएको छ।

बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले बढेको छ। जबकी ब्याज खर्च र कुल ब्याज आम्दानी बराबरी जस्तै १८ प्रतिशतको वृद्धि छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।