३१ जेठ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकद्वारा ४ नयाँ शाखा कार्यालयहरू शुभारम्भ गरेको छ । बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीका स्थित इनरुवा र सोही जिल्लाकै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका–१०, स्थित चन्द्रगढी र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरूको औपचारिक उद्घाटन गरेको जनाएको छ ।
सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका थिए भने झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रूपमा उद्घाटन गरे ।
यस्तै, काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उद्घाटन गरेका थिए । यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहँु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दियालगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
तपाईको प्रतिक्रिया