२८ फागुन /अर्थ र व्यापार -माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्काशनको अनुमति माग्दै बैंकले राष्ट्र बैंकमा आवेदन दिएको दिएको छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गर्न लागिएको बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए । ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।
राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिने र बोर्डले पनि अनुमति दिएपछि छिट्टै ऋणपत्र निष्काशन गर्ने डेपुटी सीइओ कोइरालाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया