logo

पुस २० गते माछापुच्छ्रे बैंकको बार्षिक साधारणसभा 

    1059   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले पुस २० गते बार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट सञ्चालक समितिले घोषणा गरेको १० प्रतिशत नगद लाभांस र संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । 

साधारणसभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक एक आपसमा गाभ्ने गाभिने वा रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा आवस्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ । यसका साथै प्रचलित कानुन बमोजिम बैंकले सहायक कम्पनी खोलेर जीवन बीमा, निर्जीवन बीमा, भेञ्चर क्यापिटल, हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र बजार, स्टक एक्सचेन्ज, मर्चेन्ट बैंकको सेवा दिने विषयमा आवस्यक प्रकृया पुरा गर्नेको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैंठक भत्ता क्रमश १५ हजार रुपैयाँ र १२ हजार रुपैयाँ कायम गर्ने भएको छ । साधारणसभा प्रयोजनको लागि बैंकले पुष ६ गते बुक क्लोज गर्ने भएको छ । पुष ५ गतेसम्म कायम शेयरधनीहरुले १० प्रतिशत नगद लाभांस पाउनेछन् । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २१ गते बार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट सञ्चालक समितिले यस अगाडि घोषणा गरेको २४ प्रतिशत बोनस शेयर पारित गर्नेछ । संस्थाले बोनस शेयरपछि कायम हुने शेयर पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । 

संस्थाको हालको चुक्ता पूँजी १० करोड ३८ लाख रुपैयाँ रहेको छ । बोनस शेयरपछि १२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ । साथै हकप्रद शेयर निष्काशन पस्चात १९ करोड ३१ लाख रुपैयाँ पुर्याउने भएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।