logo

माछापुच्छ्रे बैंक अब मास्टर कार्ड सञ्जालमा आबद्ध

    1269   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। बैंकले बिज्ञप्ती जारी गर्दै आफू मास्टर कार्ड सञ्जालमा आबद्ध भएको जनाएको छ।

नेपाल भ्रमणमा आउने बिदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधाका लागि बैंक मास्टर कार्ड सँग आबद्ध भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भु्क्तानी गर्न सक्नेछन्।

बैंकले छिट्टै नै आफ्ना ग्राहकहरुकालागि मास्टर कार्ड जारी गर्ने जनाएको छ। बैंकले  हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट  बैंकिङ सुविधा दिइरहेको समेत बिज्ञप्तीमा जनाइएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।