९ माघ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले आफ्नो पूर्ण स्वामित्व रहेको क्यापिटल सञ्चालनका लागि अनुमति पाएको छ। काठमाडौंको चेम्बर भवनमा कार्यालय रहने माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो।
कम्पनीले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिन काम गर्ने छ।
चुक्तापूँजी २० करोड रहेको क्यापिटलले सेवाहरु दिनका लागि सबै तयारी गरिसकेको छ। कम्पनीले चाँडै नै सेवा सुचारु गर्ने क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।
संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने उनले बताए।
तपाईको प्रतिक्रिया