२७ कात्तिक / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ। बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो।
बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा खोलेको हो।
शाखाहरु सम्बन्धित नगर तथा गाउँपालिकाका प्रतिनिधि र बैंका अध्यक्ष डा. विरेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अब बैंकको देशभर शाखा संख्या १४४ पुगेको छ। बैंकको १३३ वटा शाखारहित बैंकिङ इकाइ छन्। बैंकका १६७ वटा एटिएम पनि छन् ।
तपाईको प्रतिक्रिया