१३ असार / अर्थ र व्यापार - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १०० प्रतिशतको अनुपातमा हकप्रद शेयरको बिक्री खुल्ला गरेको हो ।
लुम्बिनीले असार ३० देखि भदौं १ सम्मको लागि बिक्री खुल्ला गरेको छ । लुम्बिनीले प्रति साधारण शेयर १०० रुपैयाँको दरले ३९ लाख कित्ता शेयरको निष्काशन गरेको हो ।
लुम्बिनीको हकप्रद असार १२ गतेसम्म कायम भएका शेयरधनीहरुले किन्न सक्ने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल रहेको छ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री केन्द्रहरु सिबिआईएल क्यापिटल डिल्लीबजार, सिटिजन्स बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु ठिमी, कुपन्डोल, ग्वार्कोँ, बौद्ध, कलंकी तथा उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, धरान, बिरगञ्ज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर तथा एस क्यापिटल दरबारमार्ग रहेकोे छ ।
तपाईको प्रतिक्रिया