२३ भदौ / अर्थ र व्यापार – लुम्बिनी विकास बैंकले चितवन जिल्लाको कुरिनटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने योजनाअन्तर्गत कुरिनटारमा ५५ औं शाखा कार्यालय संचालनमा ल्याइएकोे छ ।
उक्त शाखाको ईच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैंकका संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले संयुक्त रुपमा गरे । स–साना निक्षेप परिचालन भई साना तथा मझौला व्यवसाय र कृषिमा कर्जा लगानी गर्न ग्रामीण शाखाहरु सफल हुने बैंकको विश्वास छ ।
उक्त शाखा कार्यालयबाट विभिन्नप्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलव्ध हुनेछ ।
तपाईको प्रतिक्रिया