logo

लुम्बिनी विकास बैंकको वित्तीय विवरण सार्वजनिक

    1247   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - लुम्बिनी विकास बैंकको खुद नाफामा उच्च वृद्धि भएको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो ।
चालु आवको तेस्रो त्रैमासमा बैंकले ३४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा गत आवको तेस्रो त्रैमासभन्दा १५ करोड ९० लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन २५ तथा कर्जा लगानीलाई २७ प्रतिशत बढीले विस्तार गरेको हो । जसबाट बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकले २४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरि २२ अर्ब ३६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ७३ करोड २४ लाख रुपैयाँ कमाएको हो ।
दुई अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ४६ करोड १४ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी २.८० प्रतिशतले बढाएको बैंकको जगेडा कोष २७ प्रतिशतले सुधारिएको हो । पूँजी वृद्धिको तुलनामा बैंकको नाफा उच्च हुँदा यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४४ पैसाबाट २० रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५९ बाट घटेर २.१३ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ८.४० गुणा धेरै छ । बैंकको आधार ब्याजदर ११.१३ र कोषको लागत ८.७८ प्रतिशत रहेको छ । आधार ब्याजदर १.६२ प्रतिशत र निक्षेप संकलन लागत ०.४३ प्रतिशतले सुधार भएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।