logo

लुम्बिनी विकास बैंकद्वारा बोनस शेयर बितरण गर्ने प्रस्ताव 

    893   पटक पढिएको

८पुस /अर्थ र व्यापार  - लुम्बिनी विकास बैंक (LBBL)ले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने गरि बोनस शेयर बितरण गरेको छ । मर्जर माथि मर्जरबाट बनेको लुम्बिनीले बोनसमा लाग्ने कर भने लगानीकर्तालाई तिराउने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ६ गते शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५४१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित बोनसमा लाग्ने करका लागि नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छैन । बैंकले मर्जरका कारण पाएको करछुट उपयोग गर्दा लगानीकर्ताले कर तिर्नु पर्ने भएको हो ।

बैंकको अहिले चुक्ता पूँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैंया छ । बैंकले प्रस्ताव गरेको ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैंया नाघ्नेछ । प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।