logo

लुम्बिनी विकास बैंकको नाफा १५ प्रतिशतले बढ्यो

    1661   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार- चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकले १५.५१ प्रतिशत नाफा कमाएको छ ।

बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासमा ९ करोड ६७ लाख खुद नाफा गरेको बैँकले चालू आवको सोही अवधिमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकको सञ्चालन नाफा २ करोड १२ लाख ३८ हजार रुपैयाँले बढेर १५ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आवको असोजसम्ममा ५ करोड २८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज २ करोड ४२ लाख रुपैयाँमा सीमित भएसँगै खुद ब्याज आम्दानी घटे पनि बैंकको खुद नाफा बढेको हो ।

गत आवको असोजसम्ममा ३० करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको लुम्बिनीले चालू आवको सोही अवधिमा २४ करोड ९५ लाखमात्र खुद ब्याज आम्दानी गरेको हो ।

दुई अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको असोज मसान्तसम्ममा जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ । भने ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । 

यस्तै, बैंकले २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा भने बढेर २ प्रतिशतबाट २.३६ प्रतिशत पुगेको छ । बैंकको बेस रेट भने ११.३ प्रतिशतबाट ९.६५ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ४९ पैसा बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।