९ जेठ/ अर्थ र व्यापार - लिडरशिप एकेडेमी नेपालसँग सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंङको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्न सम्झौता गरेको छ ।
राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन अमेरिकासंग अनुबन्धित लिडरशिप एकेडेमी नेपाल मानव संशाधानको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढेको उक्र बैंकले सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ‘लिडरशिप एकेडेमी नेपाल’को तर्पmबाट सिटिओ अरुण जोशीले आज एक कार्यक्रम बीच हस्ताक्षर गरेका हुन् ।
तपाईको प्रतिक्रिया