३० बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त गरिएको छ । २९ गतेबाट लागू हुने गरी मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक निरौलालाई प्रवक्तामा नियुक्त गरिएको हो ।
नियमन विभागका प्रमुख तथा प्रवक्ता नारायणप्रसाद पौडेल अवकाशका लागि महिना दिनअघि नै बिदामा बसेपछि निरौलालाई नियुक्त गरिएको हो । निरौलासँग बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ । उनले समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेरेका थिए ।
अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौलालाई महिना दिनपछि नियमन विभागमा सरुवा गरिने स्रोतको दावी छ । उनको ठाउँमा अहिले नियमनको कामु कार्यकारी निर्देशक रहेका बमबहादुर मिश्रलाई पठाइने स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया