२८ भदौ / अर्थ र व्यापार – लक्ष्मी लघुवित्त विकास बैंकले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत गर्न र बार्षिक साधारण सभाबाट पारित गर्न बाँकी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणसँगै यो पूँजी २४ करोड २० लाख रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया