logo

लक्ष्मी लघुवित्तको वित्तिय विवरण सार्वजनिक, ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन 

    1117   पटक पढिएको

४ बैशाख/ अर्थ र व्यापार - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सकारात्मक प्रगति देखिएको छ । गत आवको तेस्रो त्रैमासमा तुलनामा लघुवित्तको इपिएसमा करिब ७ रुपैयाँले सुधार आएको हो ।

बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तले चैत मसान्तसम्म ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८५ प्रतिशत धेरै हो । खुद ब्याज आम्दानी, र सञ्चालक मुनाफा बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो। यस अवधिमा कम्पनीले एक अर्ब १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन, एक अर्ब ८६ करोड सापटीबाट तीन अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ । 

कम्पनीको जगेडा कोष तीन करोड ५५ लाखले सुधारिएर २१ करोड ३७ लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी २१.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.५७ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा बढेर १.३७ प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६९ पैसाबाट ४३ रुपैयाँ ६१ पैसामा बढोत्तरी भएको हो । यस्तै प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात १७.६६ गुणा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।