१९ असार / अर्थ र व्यापार - लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । विद्यमान सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँको दरले १ कित्ता सेयरको १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्न बुधबारमा सम्झौता गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया