logo

लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन 

    975   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । माघ १४ गतेदेखि बैंकले साधारण सभाका लागि बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।

माघ १० गते बिहीबार बैंकको शेयर प्रतिकित्ता २२३ रूपैयाँमा कारोबार भएको छ । बैंकको माघ २८ गते आह्वान गरेको अठारौं वार्षिक साधारण सभाले ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप गर्ने भएको छ । सभामा बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा स्वदेशी वा सवदेशी स्वामित्वमा रहेको कम्पनीहरुसँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि अथवा सहायक कम्पनी मार्फत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटलरप्राइभेट इक्विटीरहेज फण्ड, क्रेडिट रेटिङ्ग, शेयर ब्रोकर, स्टक एक्सचेन्ज, फिन्टेक सम्बन्धि कार्यहरु गर्ने थप निर्णयलाई निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै बैंक र उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने वा प्राप्ती गर्ने आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।