logo

लक्ष्मी बैंकको नाफामा २० प्रतिशतले बृद्धि

    1089   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार   - लक्ष्मी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २ करोड रुपैंया खुद नाफा भएको छ । अघिल्लो तेस्रो त्रैमासमा बैंकले ८६ करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ७० करोड ५५ लाख रुपैंया छ ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा झण्डै २० प्रतिशतले बढाएको हो । बैंकले १८ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने कर्जा परिचालन पनि १७ प्रतिशतले बढाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ७७ अर्ब ४४ करोड रुपैंया निक्षेप संकलन गरेको छ भने ७० अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस बाट बैंकले २ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैंया छ भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ । त्यसै गरी जगेडाकोषमा ३ अर्ब १३ करोड राखेको बैंकको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा छ । १३.३९ गूणाले मूल्य आम्दानी अनुपात बढी रहेको बैंककानिष्कृय कर्जा अनुपात १.२ प्रतिशत छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।