logo

लक्ष्मी बैंकद्वारा बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव 

    1075   पटक पढिएको

२६ पुस/ अर्थ र व्यापार -  लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षमा  बैंकले एक अर्ब  १६ करोड ६३ लाख वितरणयोग्य नाफा कमाएको थियो ।  यहि नाफाबाट बैंकले बोनस बाँड्न लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा कायम छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।