logo

लक्ष्मी बैंकद्वारा वित्तीय विवरण सार्वजनिक, ६५ करोड १ लाख खुद नाफा

    956   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति सहितको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । खराब कर्जा घटाएर अन्य सूचकहरु सुधारउन्मुख रहेको बैंकको जगेडा कोषको आकारमा भने उत्कृष्ट बढोत्तरी गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट ८.५० प्रतिशत बोनस घोषणा गरेको बैंकले दोस्रो त्रैमासमा बोनस पूँजीकरण नगर्दा यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख रुपैयाँमा स्थिर छ । यस अवधिमा बैंकको जगेडा कोषमा चार अर्ब ४४ करोेड ६१ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडा कोषको आकारमा गत पुसको तुलनामा जुन ४८.५३ प्रतिशत अर्थात एक अर्ब ४५ करोड २७ लाखले सुधार आएको हो । 

नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ११.३३ प्रतिशत अर्थात ७ करोड ३६ लाख रुपैयाँ बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड एक लाख खुद नाफा गरेको थियो ।

एनएफआरएस अनुसार रेगुलेटरी एड्जस्टमेन्ट वापतको ५ करोड १६ लाख व्यवस्था पश्चात भने बैंकको फ्रि प्रोफिट ६७ करोड २१ लाख कायम भएको छ । जुन गत वर्षको पुस मसान्तको भन्दा भन्दा २९.४३ प्रतिशत बढी हो । गत पुसमा बैंकले ५१ करोड ९२ लाख फ्रि प्रोफिट आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको बोनस पूँजीकरण नगर्दा बैंकको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ दुबै बढेको छ । गत पुस मसान्तमा १५ रुपैयाँ ८२ पैसा प्रतिशेयर आम्दानी र १३६ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ क्रमश १७ रुपैयाँ ६१ पैसा तथा १५४ रुपैयाँ ८ पैसा कायम भएको छ । बैंकको मुल्य आम्दानी अनुपात १२.७५ गुणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।