logo

बिहीबार हाम्रो विकास बैंकको सेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन

    1389   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – हाम्रो विकास बैंकको चार लाख ५१ हजार १२१ कित्ता लिलामी सेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले संस्थापक समूह तर्फको तीन लाख ९१ हजार ६३६ कित्ता तथा साधारण समूह तर्फको ५९ हजार ४८५ कित्ता सेयरमा साउन ५ गतेदेखि लिलामी खुला गरेको हो ।

इच्छुकले बैंकको केन्द्रीय कार्यालय नुवाकोट तथा सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाटमा आज दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा खोलिने छ ।

हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न बकैंकलाई थप चार करोड १३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

गत आवको तेस्रो त्रैमासम्ममा हाम्रोले तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता २६७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।