logo

आज एसबीआई बैंकको सेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन

    1255   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – नेपाल एसबीआई बैंकको सेयर लिलामीमा शिलबन्दी बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले गत साउन ९ गतेदेखि साधारण समूहको चार लाख ६९ हजार ५२ कित्ता सेयर लिलाम बढाबढमा विक्री खुला गरेको थियो ।

इच्छुक लगानीकर्ताले बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी वा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारमा आज ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम एक सय कित्ता वा दशले भाग जाने गरी बैंकको चुक्ता पुँजीको ०.५५ भन्दा बढी नहुने गरी आवेदन गर्न पाईनेछ ।

त्यस्तै १० लाख रुपैयाँसम्म आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । बोलपत्र साउन १८ गते दिउँसो ३ ः ३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने छ ।

हकप्रदपछि एसबिआई बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ पुगेको छ । बैंकले गत चैतसम्म एक अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैयाँ कायम गरेको छ । बैकको सेयर मंगलबार नेप्सेमा प्रतिकित्ता ९२० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।