logo

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सूरक्षित गर्ने अन्तिम दिन

    1448   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकको  १३० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले बुधबार सेयरधनी किताब बन्द गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र बैंकको हकप्रद भर्न पाउनेछन् ।बैंकले राष्ट बैंकले तोकेको पूूँजी कायम गर्न भारी मात्रामा हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि पूँजी अनुसार व्यवसाय विस्तार गर्न नसक्दा बैंकको आम्दानीमा कमि आई प्रतिसेयर आम्दानी घट्ने हुँदा हकप्रदको लोभमा सेयर किन्नु घातक समेत हुनसक्छ । 

सप्तकोशी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद जारी गर्ने अनुमति प्राप्त गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर विक्री गर्नेछ । जसका लागि बैंकले एनएमबि क्यापिटलले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । १३० प्रतिशत हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।

चालु अवको तेस्रो त्रैमाससम्ममा २१ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले यस अवधिमा एक करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउँदा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा रहेको छ । बैंकको सेयर मंगलबार प्रतिकित्ता १.०९ प्रतिशतले घटेर ३६३ रुपैयाँमा हाराहारीमा कारोबार भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।