logo

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सूरक्षित गर्ने अन्तिम दिन

    1598   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकको  १३० प्रतिशत हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले बुधबार सेयरधनी किताब बन्द गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र बैंकको हकप्रद भर्न पाउनेछन् ।बैंकले राष्ट बैंकले तोकेको पूूँजी कायम गर्न भारी मात्रामा हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि पूँजी अनुसार व्यवसाय विस्तार गर्न नसक्दा बैंकको आम्दानीमा कमि आई प्रतिसेयर आम्दानी घट्ने हुँदा हकप्रदको लोभमा सेयर किन्नु घातक समेत हुनसक्छ । 

सप्तकोशी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद जारी गर्ने अनुमति प्राप्त गरिसकेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर विक्री गर्नेछ । जसका लागि बैंकले एनएमबि क्यापिटलले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । १३० प्रतिशत हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।

चालु अवको तेस्रो त्रैमाससम्ममा २१ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले यस अवधिमा एक करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउँदा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा रहेको छ । बैंकको सेयर मंगलबार प्रतिकित्ता १.०९ प्रतिशतले घटेर ३६३ रुपैयाँमा हाराहारीमा कारोबार भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।