logo

आज डिप्रोक्स लघुवित्तको लिलामको सेयरका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन

    1162   पटक पढिएको


११ असार / अर्थ र व्यापार - डिप्रोक्स लघुवित्त ले असार ४ गतेदेखि खुला गरेको हकप्रदमा अवितरित १५ हजार ९६९ कित्ता सेयर लिलामीमा आवेदन गर्ने आईतबार अन्तिम दिन हो । डिप्रोक्सको लिलामी सेयर सर्कान चाहने इच्छुक लगानीकर्ता (व्यक्ति,संघसंस्था) ले विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालबाट असार ११ गते (आज) सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालको कार्यालमा असार १३ गते दिउँसो ३ बजे बोलपत्र खोलिने छ । क्यापिटलले सेयर पाउन नसक्ने लगानीकर्तालाई असार १६ गतेदेखि रकम फिर्ता गर्नेछ । डिप्रोक्सले गत चैत ७ गतेदेखि वैशाख २५ गतेसम्म जारी गरेको शतप्रतिशत बराबरको २५ लाख ७९ हजार २३८ दशमलव ४५ कित्ता हकप्रद सेयरमध्ये उक्त परिमाणको साधारण समूहको सेयर विक्री नभएपछि लिलामी खुला गरेको थियो ।

चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ रहेको डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको सेयर अन्तिम पटक विहीबार १३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।