logo

लक्ष्मी इक्विटी फन्डको इकाई नपरेको पैसा फिर्ता सुरु

    1588   पटक पढिएको

४ असार / अर्थ र व्यापार - असार ४ गते आईतबारबाट लक्ष्मी इक्विटी फन्डले इकाई बाँडफाँटमा नपरेको पैसा र बाँडफाँड पत्र फिर्ता गर्न सुरु गरेको छ । लगानीकर्ताहरुले आवेदन दिएको संकलन केन्द्रबाटै रकम फिर्ता र बाँडफाँड पत्र वितरण गरिएको हो । 

लक्ष्मी क्यापिटलले लक्ष्मी इक्विटी फण्डको गत वैशाख २२ देखि २८ गतेसम्म १२ कोड ५० लाख इकाई बिक्री गरेको थियो । प्रति इकाई दश रुपैयाँ अंकित मूल्यको म्युचुअल फन्डमा न्यूनतम एक सय ईकाइदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । जसको बाँडफाँड जेठ २९ गते सोमबार गरिएको हो । 

कुल निष्काशित ईकाईमध्ये एक करोड ८७ लाख ५० हजार इकाई कोष प्रबद्र्धक कम्पनी लक्ष्मी बैंकलाई छुट्याइएको थियो भने बाँकी रहेको १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधाराणलाई बिक्री गरिएको थियो । जसमा ५० हजार रुपैयाँसम्म लगानी गर्ने साना लगानीकर्तालाई माग अनुसारकै सबै ईकाई प्रदान गरिएको थियो भने ठुला लगानीकर्तालाई ५८ प्रतिशतका दरले बाँडफाँड गरिएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।