३० जेठ / अर्थ र व्यापार-लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने लक्ष्मी इक्विटी फण्डका इकाईहरुको लक्ष्मी क्यापिटल मार्केटले बाँडफाँड गरेको छ ।
१० रुपैयाँ दरका १० करोड थान इकाई बिक्रीका लागि निस्कासन गरेकोमा आवश्यकता भन्दा अधिक रकमको आवेदन परेको हुँदा योजनाको आकारलाई २५ प्रतिशत बृद्धि गरि बाँडफाँड गरिएको छ। बैशाख २२ देखि २८ सम्म इकाई बिक्री गरिएको थियो ।
एक अर्ब रुपैयाँका लागि निस्कासन गरिएको योजनाको आकार अब सवा अर्ब रुपैयाँ पुगेको छ । योजनाका कुल १२ करोड ५० लाख इकाईमध्ये एक करोड ८७ लाख ५० हजार इकाई कोष प्रबर्धक लक्ष्मी बैंक र बाँकी सर्वसाधारण आवेदकका लागि सोमबार बाँडफाँड गरिएकोे छ ।
आवेदकहरुलाई आउँदो आइतबारबाट बाँडफाँड पत्र तथा रकम भुक्तानी पूर्जा वितरण गर्ने योजना छ ।
तपाईको प्रतिक्रिया