२० माघ /अर्थ र व्यापार - लघुवित्त संस्थाहरुले पनि विदेशी मुद्रामा ऋण ल्याएर नेपालमै लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कृषि,ऊर्जा पर्यटन लगायतका क्षेत्रमा कर्जा दिनको लागि लघुवित्त संस्थाले समेत विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था लागु गरेको हो ।
यसरी लघुवित्त संस्थाले विदेशबाट ल्याउने ऋण जोडेर आफ्नो प्राथमिक पुँजीको ३० गुणासम्म रकम ल्याउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसरी लघुवित्त संस्थाले विदेशी बैंक तथा वित्तीय संस्थासँग मात्र ऋण लिन सक्ने छन् । ऋणको भुक्तानी १ देखि ५ वर्षसम्मको अवधीको लागि हुने छ । यसरी ल्याउने ऋणमा लघुवित्तले ६ प्रतिशत लेबोरमा ३ प्रतिशत जोडेर लिन पाउने छन् ।
तपाईको प्रतिक्रिया