४ असार / अर्थ र व्यापार - असार १२ गतेदेखि कुमारी बैंकले तीन विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई गाभेर एकिकृत कारोबार सुरु गर्ने भएको छ । काष्ठमण्डप डेभपलमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभ्न कुमारीलाई राष्ट्र बैंकले जेठ १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
तर बैंकको प्रधान कार्यालय भने दरबार मार्गमै हुने छ । चैत मसान्तसम्म कुमारीको चुक्ता पूँजी तीन अर्ब २६ करोड ६० लाख रुपैयाँ थियो । गाभिने संस्थामा क्रमशः काष्ठमण्डपको ६७ करोड ९९ लाख, महाकालीको १४ करोड ८८ लाख, काँक्रेविहारको ७ करोड २४ र पश्चिमाञ्चलको ३४ करोड ९० लाख रुपैयाँ पूँजी रहेको छ ।
तपाईको प्रतिक्रिया