logo

कुमारी बैंकको चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढ्यो

    1135   पटक पढिएको

८माघ /अर्थ र व्यापार - कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२.२३ प्रतिशतले नाफा बढाएको छ । एनएफआरएस प्रणाली अनुसार ६७ करोड ६२ लाख रुपैयाँ नाफा गरेको बैंकको नियामकिय समायोजन पछिको नाफा भने ६० करोड ३८ लाख रुपैयाँ छ ।

बैंकको व्याज आम्दानीमा ४६.६७ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने व्याज खर्च ३७.९३ प्रतिशतले बढेर दुई अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी एक अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले यसवर्ष बरोइङ २४९ प्रतिशतले बढाएर एक अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै निक्षेप संकलन ३० प्रतिशतले बढाउदा ऋण लगानी भने ३९.४३ प्रतिशतले बढाएको छ । पुस सम्ममा बैंकले ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ७७ करोड रुपैयाँ ऋण विस्तार गरेको छ ।

ऋण विस्तार सँगै पूँजी कोष अनुपात १.६७ विन्दुले खुम्चिएर १२.८१ प्रतिशतमा झरेको छ। खराव कर्जामा ०.३९ प्रतिशत विन्दुले केही बढेर १.२२ प्रतिशत छ । आधार व्याजदर ०.३८ विन्दुले बढेर ११.५५ प्रतिशत पुगेको छ । चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानीमा भने एक रुपैयाँले मात्रै सुधार भएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।