१२ माघ/अर्थ र व्यापार– कुमारी बैंक लिमिटेडले सोमबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ ६ महिनामा खुद मूनाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.४९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८० करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस अवधीमा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा १६.८३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.७० रुपैयाँले बढेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया